काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो। पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।
अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।
अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।
रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरु खणिन्द्र कटुवालले जवाफी बहस गरे। यस्तै जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । अन्त्यमा रवि लामिछानेले आफ्नो कुरा राख्न पाँच मिनेटको समय मागेका थिए ।