• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन् : भिम रावल

भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन् : भिम रावल

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन् : भिम रावल
    images
    images
    images

    काठमाडौं- नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

    images

    पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।

    उनले भनेका छन्, ‘प्रम केपी ओलीको अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गर्दैछ ।

    पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ?’ सरकारले जारी गर्न सिफारिस गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन् ।

    images

    सरकारी जग्गा सुकुमबासीको नाममा वितरण गर्ने र विदेशी लगानी भित्र्याउने भन्दै सरकार जग्गा लिजमा दिने जस्ता केही व्यवस्थाहरू भएकै कारण राष्ट्रपतिले अध्यादेशमा रोक लगाएको बताइएको छ ।’

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १२:२०:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij