• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने

विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 6.3K
    SHARES
  • images
    विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने
    images
    images
    images

    काठमाडौँ - विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ ।

    images

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो ।

    कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए ।

    सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताए ।

    images

    उनका अनुसार कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ ।

    images

    ‘बैठकले दुई सदस्य ड्राफ्ट कमिटी बनाएको छ। बेलुकासम्म तयार हुन्छ। भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिन्छ ।

    पत्रकार सम्मेलनमा शीर्ष नेताले पनि बोल्नुहुन्छ’, उनले भने। ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय लगायत समेटिने श्रेष्ठले जानकारी दिए।

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - ११:३३:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij