काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।
काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको हो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन्।
बुधवार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको हो।
काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए।