• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बेलायतबाट शेखर कोइरालाले भने-लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ

बेलायतबाट शेखर कोइरालाले भने-लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    बेलायतबाट शेखर कोइरालाले भने-लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ
    images
    images
    images

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत पुगेर आफू लोकतान्त्रिक अभियान जन्माउने परिवारमा जन्मेको भन्दै गर्व गरेका छन् । सोमबार बेलायती संसद् भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेखरले यस्तो बताएका हुन् ।

    images

    ‘म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ,’ शेखरले भने, ‘हामीले सन् १९४० को दशक देखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू बेहोरेका छौँ ।’ सो क्रममा उनले नेपालले धेरै राजनीतिक परिवर्तन देखेको बताए। ‘हाम्रो देश लामो र दुखद आन्तरिक द्वन्द्वमा परेको थियो ।

    नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रक्रियामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ,’ शेखरले भनेका थिए । सशस्त्र माओवादी विद्रोहबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम कांग्रेसले नेतृत्व गरेको पनि शेखरले उल्लेख गरे ।

    उनले भने, ‘अझै धेरै काम बाँकी छन् । विगतमा विभेदमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरूको आँसु पुछ्ने काम जारी छ ।’ नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्याय सम्बन्धी र सत्य निरूपण आयोग बनाउने सम्बन्धी विधेयक पास गरेको विषय पनि बेलायती संसद् भवनमा शेखरले प्रस्तुत गरे ।

    images

    ‘मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो बाचा पूरा गर्ने छ,’ शेखरले अगाडी भने ।

    images

    यस प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षा पनि उनले राखे ।

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १८:०२:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij