• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल

कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
    images
    images
    images

    काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताएका छन् ।

    images

    ४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताएका हुन्।  ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् ।

    तर जनता सन्तुष्ट हुन सकेका छैनन्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ।’ गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए।

    ‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन । कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, नेपालले भने, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’

    images

    राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १७:२९:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij