कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८४ दिन प्रहरी हिरासतमा बसेर २ दिन बाहिर रहन पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः काठमाडौं प्रहरीको हिरासतमा छन्।
बिहीबार जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा छुटेका रवि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भनिए पनि आइतबार मात्रै उपस्थित भएका थिए। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा रविसहितका प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको मुद्दा चलिरहेको छ।
आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको बयान सकियो। बयान सकिएपछि प्रारम्भिक सुनुवाइमा रविका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापाले बहस गरेका थिए। रविको पक्षका वकिलको बहस सकिएपछि सोमबारबाट मात्र थुनछेक बहस शुरू भयो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले थुनछेक बहसमा भाग लिए । सरकारी वकिलका पक्षबाट १० जनाले रविको विपक्षमा बहस गरे । समय अभावका कारण रवि पक्षका वकिलले थुनछेक बहस गर्न पाएनन् ।
रविलाई अदालतकै आदेशमा न्यायिक हिरासतमा पठाइयो। गत बिहीबार रवि धरौटीमा छुटे पनि रास्वपाका नेता तथा कार्यकर्ताले उन्मुक्ति पाएझैं हर्सोल्लास गरेका थिए । तर, आइतबार र सोमबार दुई दिन रवि हिरासतमा बस्नुपर्यो । शुरूको दिन त रविपत्नी निकिता अदालतबाट रविलाई छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षसम्मै पुगेकी थिइन् । सोमबार भने निकिता अदालतमा टीका र फूल लिएर पुगेकी थिइन् । बहस सकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रहरीसँग रविले भने, ‘हेर्नोस्, मलाई फसाइएको हो । म छुट्छु ।’ उनले मुद्दाको प्रक्रियाअनुसार आफू अदालत र प्रहरी कार्यालय धाइरहनुपरेको स्पष्टोक्ति दिएका थिए । ‘सरकारी वकिलले मलाई नियतवश हिरासतमा पठाउन र फसाउनकै लागि १० जना वकिल राखे,’ सोमबार रविले प्रहरीसँग गरेको गफलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सोमबारै टुंगिने मुद्दालाई सरकारी वकिलहरूले लम्ब्याए ।
केही छैन, म अन्तिममा छुट्ने नै हो ।’ अदालतको कठघरामा रवि सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको, सहकारीकै पैसाले गाडी खरिद गरेर लोन नतिरेको, रेमिट्यान्समार्फत कुन आम्दानीको पैसा पठाएकोजस्ता प्रश्नले घेरिएका