• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावलले सुदूरपश्चिममा एमालेलाई खासै असर पार्दैनन- भट्ट

भीम रावलले सुदूरपश्चिममा एमालेलाई खासै असर पार्दैनन- भट्ट

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 3.9K
    SHARES
  • images
    भीम रावलले सुदूरपश्चिममा एमालेलाई खासै असर पार्दैनन- भट्ट
    images
    images
    images

    काठमाडौं - नेकपा एमालेका सचिव लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने बताएका छन् ।

    images

    एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले यस्तो टिप्पणी गरेका हुन् ।

    रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निस्कासन गरेको थियो ।

    सचिवालयको उक्त निर्णयलाई केन्द्रीय समितिले समेत स्वीकार गरिसकेको छ ।

    images

    एमालेबाट निस्कासनमा परेका रावल नयाँ पार्टी निर्माणको प्रक्रियामा छन् । यसका लागि उनी देश दौडाहमा छन् ।

    images

    रावलले नयाँ पार्टी बनाउन लागिरहेका बेला एमालेका सचिव भट्टले पार्टीमा खासै असर नपर्ने बताएका हुन् ।

    ‘भीम रावलजीका कारणले पार्टीलाई खासै असर पर्ने कुरा छैन,’ रावलको कतिपय अभिव्यक्ति र उनको व्यवहारका कारणले समेत पार्टीलाई क्षति नपुग्ने भट्टको भनाइ छ ।

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १६:१४:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij