• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस

images

प्रभाव न्यूज

२९ पौष २०८१
  • 3.3K
    SHARES
  • images
    स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस
    images
    images
    images

    काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।

    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज १० बजे इजलासमा उपस्थित गराउने गरी हिजो न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो।

    लामिछानेमाथि हिजो बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई हिरासतमा पठाइएको थियो। थुनछेक बहस नसकिँदासम्म लामिछाने जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने छन्।

    कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका थिए ।

    images

    कास्कीबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हिजो काठमाडौं अदालतमा उपस्थित भएका थिए ।

    images

    रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा बढी रकम अपचलन गरेको मुद्दा छ ।

    images
    images

    प्रकाशित :पौष २९, २०८१ सोमवार - ०९:०७:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij