• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सत्ता गठबन्धन तलमाथि हुँदैन : एमाले सचिव भट्ट

सत्ता गठबन्धन तलमाथि हुँदैन : एमाले सचिव भट्ट

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.8K
    SHARES
  • images
    सत्ता गठबन्धन तलमाथि हुँदैन : एमाले सचिव भट्ट
    images
    images
    images

    काठमाडौं नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको जिकिर गरेका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुनेभन्दै दिएको अभिव्यक्ति पछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नहुने स्पष्ट पारेका हुन् ।

    नेता भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको उल्लेख गरे ।

    ‘हाम्रो पार्टीको केन्द्रीय समितिमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो’, प्रदेश कमिटीले निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता भट्टले भने ।

    images

    पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रुपमा संविधान संशोधन गर्न सकिने कुरा अध्यक्षको रहेको भट्टले स्पष्ट पारेका थिए । ‘अहिले देखिनै विधानका कुन–कुन दफा संशोधन गर्ने हो ? छलफल गर्दै जानुपर्छ’, भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूर्ण रुपमा संशोधन हुनसक्छ ।’

    images

    पार्टीको आन्तरिक बैठकमा विभिन्न विषयमा विभिन्न कोणबाट छलफल हुने भएकाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा असर नपर्ने उनको भनाई थियो । ‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् ।

    त्यसले दुई दलबीच भएको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन’, उनले भने, ‘यसले समीकरणमा पनि तलमाथि हुँदैन ।’ फरक प्रसङ्गमा बोल्दै सचिव भट्टले पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई परास्त गर्दै एकढिक्का हुनुपर्ने कुरामा कुनै दुई मत नभएको बताए ।

    पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समेत स्पष्ट रुपमा उक्त कुरा उल्लेख गरिएको बताउँदै उनले दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गर्दै एकताबद्ध पार्नुपर्ने उल्लेख गरेका छन् ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - २१:०७:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij