• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस नेता साउद केपी ओलीमाथि आक्रमक गरि खनिए

कांग्रेस नेता साउद केपी ओलीमाथि आक्रमक गरि खनिए

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.9K
    SHARES
  • images
    कांग्रेस नेता साउद केपी ओलीमाथि आक्रमक गरि खनिए
    images
    images
    images

    बुटवल - सत्तारुढ दल कांग्रेसकै नेताले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।

    images

    कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले ले संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चाउन खोज्नु गलत भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

    सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ ।

    बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै नेता साउदले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे । अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने औँल्याए ।

    images

    ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्ययादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन यस विषयमा चौतर्फी विरोध भइरहेका छन् यसले राम्रो सन्देश गइरहेको छैन,’ उनले भने ।

    images

    ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे ।

    ‘प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

    साउदले दुई दलबीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्णपालना गर्न सुझाव दिए ।

    संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीले राखेको जिज्ञासको जवाफ दिँदै उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्ने समय भइसकेको जिकिर गरे । हरेक १० वर्षमा संविधानका कुरा परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - १८:२५:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij