• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अदालत पुगे रवि लामिछाने

अदालत पुगे रवि लामिछाने

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 5.0K
    SHARES
  • images
    अदालत पुगे रवि लामिछाने
    images
    images
    images

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगी कसुरका आरोपित रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

    images

    आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् ।

    उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर गरिएको हो ।

    images

    गएको बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

    images

    धरौटी रकम बुझाएर उनी बिहीबार नै थुनामुक्त भएका थिए ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - १०:३३:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij