• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आँधिखोलामा एक सय जना माओवादीमा भित्रीए

आँधिखोलामा एक सय जना माओवादीमा भित्रीए

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 3.1K
    SHARES
  • images
    आँधिखोलामा एक सय जना माओवादीमा भित्रीए
    images
    images
    images

    पोखरा - स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images

    शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरे ।

    उनीहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्काे लागेको बताए । उनले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख गरे ।

    images

    युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताए । एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाए ।

    images

    ‘आम जनमानसमा माओवादीले गर्न खोजेको के रैछ । हामीजस्तो युवा किन माओवादीमा लागेको रैछ । बुझ्दै बुझ्दै गएका छन्’, उनले भने, ‘चाहे त्यो काठमाडौंका गल्लीमा होस् ।

    चाहे आँधिखोलाको गल्लीमा होस् । एउटै गुञ्जायस हुन्छ। नेता त प्रचण्ड रैछन् । नेता त नारायणकाजी रहेछिन् ।’ उनले थपे, ‘यति धेरैजनालाई सखाप पार्दै थिए ।

    कांग्रेस एमालेका भ्रष्ट तत्वहरु मिलेर यो सरकार ढालिछाने भनेर आजभोलि चोकचोक गल्लीगल्लीमा गुञ्जायमा हुने आवाजहरु हो ।’

    अहिलेसम्म बच्चाबच्ची र देशको भविष्य सम्झिएर भोट नहालेको उनको भनाइ थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - १०:००:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij