• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमालेमाथि खनिन छोडेनन भिम रावल - फेरि गरे यस्तो खुलासा

एमालेमाथि खनिन छोडेनन भिम रावल - फेरि गरे यस्तो खुलासा

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 4.9K
    SHARES
  • images
    एमालेमाथि खनिन छोडेनन भिम रावल - फेरि गरे यस्तो खुलासा
    images
    images
    images

    काठमाडौं - नेकपा (एमाले)का पूर्वनेता भीम रावलले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको आफ्नो लडाइँ कमजोर नहुने बताएका छन् ।

    images

    राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको बताए ।

    देशभक्तिको झन्डा माथि उठाउने उत्साहमा कमी नहुने उनले उल्लेख गरे ।

    एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हितविपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको उनको भनाइ थियो ।

    images

    आफूलाई बदनाम गर्न राजावादी भएको समेत प्रचार गरिएको उनले बताए । उनले देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने अठोट व्यक्त गरे ।

    images

    देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - ०९:०१:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij