• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश

माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 5.3K
    SHARES
  • images
    माओवादीका प्रा.डा शर्मा एमाले प्रवेश
    images
    images
    images

    विराटनगर– विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    images

    शनिबार विराटनगरमा जारी नेकपा (एमाले) को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् । विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन्।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताए।

    उनलाई नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए ।

    images

    त्यस्तै नेकपा (एमाले) कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महनिे जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ ।

    images

    माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताए।

    राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखिकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने राईले जानकारी गराए।

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - २०:३१:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij