• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावल भन्छन्– एमाले नेतृत्वको भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य भएन

भीम रावल भन्छन्– एमाले नेतृत्वको भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य भएन

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 4.8K
    SHARES
  • images
    भीम रावल भन्छन्– एमाले नेतृत्वको भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य भएन
    images
    images
    images

    काठमाडौं - नेकपा (एमाले)का पूर्वनेता भीम रावलले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको आफ्नो लडाइँ कमजोर नहुने बताएका छन् ।

    images

    राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको बताए ।

    देशभक्तिको झन्डा माथि उठाउने उत्साहमा कमी नहुने उनले उल्लेख गरे ।

    एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हितविपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको उनको भनाइ थियो ।

    images

    आफूलाई बदनाम गर्न राजावादी भएको समेत प्रचार गरिएको उनले बताए ।

    images

    उनले देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने अठोट व्यक्त गरे ।

    देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए ।

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - १७:४२:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij