काठमाडौं - रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।
सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।
त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी हिजो शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेकी उनकी पत्नी निकिता पौडेलले बताइन् ।
भोलि विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर भई त्यहाँ दायर भएको मुद्दाको प्रक्रियामा सहभागी हुने उनले बताइन् ।
‘भोलि जाने कुरा छ, आज कानुन व्यवसायी साथीहरुसँग सरसल्लाह गर्नुहुन्छ’, उनले भनिन् ।