• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ

images

प्रभाव न्यूज

२६ पौष २०८१
  • 4.1K
    SHARES
  • images
    हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ
    images
    images
    images

    काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने आवास भएको बताएका छन् ।

    images

    पूर्वगृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग भने, ‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु न्याय मरेको छैन भन्ने आवास भएको छ।

    र सम्पूर्ण माया गर्नेलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’यस्तै लामिछानेले आफ्ना पार्टीका सहकोषाध्यक्ष दीपक बोहराको लाइभमा आएर भनेका छन्, ‘सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

    अहिले मेरो बोल्ने बेला आएको छैन बोल्ने पालो आएपछि म नबोल्नु भने पनि बोल्नेछु। तर अहिले मलाई न्यायपूर्ण विश्वास लागेको छ । धेरै धेरै धन्यवाद छ। न्यायालयप्रति विशेष आभारी छु । न्यायालयले न्याय गर्छ भन्ने असाध्यै धेरै विश्वास प्राप्त भएको छ।

    images

    सबैजनालाई धन्यवाद ।’ लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।

    images

    न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ।लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ ।

    अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    images
    images

    प्रकाशित :पौष २६, २०८१ शुक्रवार - ०३:४५:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij