• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रौतहटको अधिकांश पालिकाले गरे तीन दिन विद्यालय बन्द

रौतहटको अधिकांश पालिकाले गरे तीन दिन विद्यालय बन्द

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 22.4K
    SHARES
  • images
    रौतहटको अधिकांश पालिकाले गरे तीन दिन विद्यालय बन्द
    images
    images
    images

    घाम लाग्न छोडेपछि रौतहटका अधिकांश पालिकाले बुधबरदेखि लागू हुने गरी विद्यालय बन्द गरेका छन्।

    images

    गत शुक्रबारदेखि लगातार जाडो बढेको छ। दिनभर बाक्लो हुस्सु लाग्ने र बिहान तथा बेलुकीतिर पानी परेको जस्तो मौसम भई अत्याधिक जाडो हुन थालेपछि अधिकांश पालिका विद्यालय बन्द गरेका हुन्। रौतहटको गढीमाई, गरुडा, कटहरिया, देवाहीगोनाही, परोहा लगायतका नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्मका लागि सम्बन्धित पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय सार्वजनिक गरेका छन्।

    दिन र रात एकै किसिमले जाडो हुने भएकोले र चिसो हावा चलेर बालबालिकालाई अत्याधिक प्रभावित पार्ने भएकोले विद्यालयहरु बन्द गरिएका हुन्। गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अत्याधिक जाडो बढेको विचार गर्दै नगर प्रमुख श्यामप्रसाद यादवको निर्देशनअनुसार नगरपालिकाका सबै विद्यालयमा तीन दिनको लागि जाडो विदा दिने गरिएको बताएका छन्।

    बालबालिकालाई घरमै न्यानो कपडा लगाएर अभिभावकको निगरानीमा बस्नु उचित हुने बताउँदै यादवले बुधबारदेखि शुक्रबारसम्म विद्यालयमा पठनपाठन बन्द गरिएको जानकारी दिएका छन्। कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधिले नगरपालिकाले तीन दिनका लागि विद्यालयहरु बन्द गरेको बताएका छन्। अत्याधिक जाडोले जनजीवन प्रभावित भएको र साना बालबालिकालाई जाडोले थप प्रभावित पार्ने डर भएकोले विद्यालयहरु बन्द गरिएको निधिले जानकारी गराएका छन्।

    images

    जिल्लाका अन्य केही पालिकाले पनि मौसमको अवस्थालाई हेरेर विद्यालय बन्द गरेको जानकारी पाएको निधिले बताए। जिल्लाका कतिपय पालिकाले गत आइतबारदेखि नै विद्यालय बन्द गरेका छन्। आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि विद्यालय बन्द गरेका पालिकाहरुले जाडो कम नभएपछि थप तीन दिनका लागि विद्यालय बन्द गरेका छन्।

    images

    कतिपय पालिकाले भने बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेका हुन्। जाडो अत्याधिक बढेकोले जनजीवन प्रभावित भएको छ। सर्वसाधारणहरु भने आगोनजिक बसेर जाडो कटाइरहेका छन्। विपन्न समुदायको लागि जाडो कटाउने मुख्य साधन नै आगो भएको छ। धेरै प्रभावित विपन्न समुदायलाई रौतहटमा कार्यरत विभिन्न संघसंस्थाहरुले न्यानो कपडा वितरण गरेर सहयोग गरिरहेका छन्।

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १६:४२:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij