• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विद्यालय शिक्षा ऐन ल्याउन शिक्षक महासंघले दियो साउन २१ सम्मको अल्टिमेटम

विद्यालय शिक्षा ऐन ल्याउन शिक्षक महासंघले दियो साउन २१ सम्मको अल्टिमेटम

images

प्रभाव न्यूज

३ श्रावण २०८२
  • 6.6K
    SHARES
  • images
    विद्यालय शिक्षा ऐन ल्याउन शिक्षक महासंघले दियो साउन २१ सम्मको अल्टिमेटम
    images
    images
    images

    काठमाडौँ– नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म विद्यालय शिक्षा ऐन नआए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघले आज पत्रकार सम्मेलन गरी साउन २१ गतेसम्म विधेयक ल्याउन सरकारलाई समय दिएको हो। 

    images

    महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीले विद्यालय शिक्षा विधेयक ल्याउन २० दिन सरकारलाई समय दिएको बताइन्। 

    ‘असार १५ मै पास गर्नुपर्ने  विधेयक ल्याउन सरकारले चासो नदिएकाले समय सिमा तोकेका हौँ,’ उनले भनिन् ‘साउन २१ गते भित्र पनि विधेयक नआए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने छौँ।’

    शिक्षक महासंघले आफूहरूसँगको सहमति अनुसार विधेयन ल्याउनु पर्ने माग राखेको छ।

    images

    शिक्षक नियुक्त गर्दा आन्तरिक प्रतिष्पर्धाबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत राख्नु पर्ने र अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्व र स्थायी शिक्षकको बढुवाको विषयमा सहमति नहुदा विधेयक अघि बढ्न सकेको छैन।

    images

    विधेयक संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल मै छ।

    images
    images

    प्रकाशित :श्रावण ३, २०८२ शुक्रवार - १६:३८:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij