• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पार्टीभित्र गुटबन्दी अन्त्य गर्नैपर्छ, भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन- ओली

पार्टीभित्र गुटबन्दी अन्त्य गर्नैपर्छ, भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन- ओली

images

प्रभाव न्यूज

२१ पौष २०८१
  • 4.0K
    SHARES
  • images
    पार्टीभित्र गुटबन्दी अन्त्य गर्नैपर्छ, भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन- ओली
    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्य स्वीकार्य नहुने बताएका छन् ।

    images

    आइतबारबाट केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको केन्द्रीय कमिटीको बैठकमा ४३ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले गुटबन्दीको अस्वीकार्य भएको बताएका हुन् । गुटबन्दीको बहकाउमा होइन एउटै नीतिगत लयमा लाग्न उनले पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

    ‘पार्टीभित्रका गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले एमालेलाई बलियो बनाउँदैन,’ ओलीले बैठकमा सम्बोधन गर्दै भने, ‘यसैले कसैको बहकाउमा लाग्ने होइन एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ ।’

    ओलीले विरोधीका आरोपमा चुप लागेर नबस्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए।

    images

    ‘विरोधीका आरोपमाथि हामी चुप लागेर बस्नु हुँदैन । विरोधीको आरोपमा चुप लाग्नु भनेको कमजोर धारणा हो,’ ओलीले भने, ‘यसैले विरोधीका गलत आरोपलाई तथ्यका आधारमा खण्डन गर्नुपर्छ । उत्साहित भएर संगठन घरघर व्यक्ति व्यक्तिसम्म पुग्ने र वैचारिक कामलाई उत्तिकै महत्त्व दिन पार्टी पंक्ति लाग्नुपर्छ ।’

    images

    ओलीले माओवादीको ३२ सिट जादुयी नम्बर नभएर सत्ता लिप्दाको कुरूप तस्वीर भएको पनि बताएका छन् ।

    ओलीको प्रतिवेदनमा कांग्रेससँगको समीकरण बनाउनुपर्नाको आवश्यकता, सरकारमाथि घेराबन्दी, पार्टीका गुटबन्दीका प्रयास, चुनावी समीक्षासहितका विषय समेटिएका छन् ।

    images
    images

    प्रकाशित :पौष २१, २०८१ आइतवार - १४:३१:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij