• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावललाई एमालेले निकालेको होइन्, आफैँ निक्लिएका हुन्: शंकर पोख्रेल

भीम रावललाई एमालेले निकालेको होइन्, आफैँ निक्लिएका हुन्: शंकर पोख्रेल

images

प्रभाव न्यूज

१२ पौष २०८१
  • 4.5K
    SHARES
  • images
    भीम रावललाई एमालेले निकालेको होइन्, आफैँ निक्लिएका हुन्: शंकर पोख्रेल
    images
    images
    images

    काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टी ननिकालेको दाबी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले रावललाई एमालेले निकालेको भन्दा पनि आफैं निक्लेको रुपमा बुझ्नुपर्ने बताए ।

    images


    ‘पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र रु त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ’ उनले भने ।

    बुधबार बसेको एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेको थियो । पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै रावलको सदस्यता खोसेको एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

    images
    images

    प्रकाशित :पौष १२, २०८१ शुक्रवार - ११:५६:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij