• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


‘फरार श्रीमती’को बिदा माग्दै सांसद पोखरेलले पठाए विद्यालयलाई पत्र

‘फरार श्रीमती’को बिदा माग्दै सांसद पोखरेलले पठाए विद्यालयलाई पत्र

images

प्रभाव न्यूज

९ पौष २०८१
  • 5.8K
    SHARES
  • images
    ‘फरार श्रीमती’को बिदा माग्दै सांसद पोखरेलले पठाए विद्यालयलाई पत्र
    images
    images
    images

    काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार भनिएकी श्रीमती अञ्जला कोइरालाको बिदा थप गरिदिन माग गर्दै सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई पत्र लेखेका छन् । उनले आइतबार श्रीमतीको अनिश्चितकालीन बिदाका लागि भर्चुअल्ली पत्र विद्यालयमा पठाएका हुन् ।

    images

    विराटनगरस्थित महेन्द्र रात्रि माविकी विद्यालयका प्रधानाध्यापक झकप्रसाद पराजुलीलाई पत्र पठाएर पोखरेलले श्रीमती अञ्जलाको बिदा थप्न माग गरेका हुन् । पराजुलीले पनि पत्र आइपुगेको पुष्टि गरेका छन् । अञ्जला उक्त विद्यालयकी स्थायी शिक्षक हुन् ।

    यसअगाडि गत मंसिर २७ गते अञ्जला विद्यालयमा हाजिर भएकी थिइन । प्रअ पराजुलीका अनुसार उनले मंसिर २८ गते शुक्रबार हाजिर गरेर विद्यालय उपस्थित छैनन् ।

    त्यसपछि सोमबारबाट लागु हुने गरी ५ दिनको बिदासम्बन्धी पत्र विद्यालयलाई लेखेर अञ्जला सम्पर्कमा नआएको प्रअ पराजुलीले बताएका छन् ।

    images

    उँधौली पर्व भएकाले मंसिर ३० गते आइतबार विद्यालय बन्द थियो । त्यसपछि सोमबारदेखि लागु हुने गरी लिएको ५ दिनको बिदा पनि शुक्रबार सकिएको छ ।

    images

    त्यसपछि अञ्जलाका श्रीमान् ऋषिकेशले आइतबार ७ गतेदेखि लागु हुने गरी अनिश्चितकालीन बिदाको पत्र विद्यालयलाई पठाएको पुष्टि प्रअ पराजुलीले गरेका छन् ।

    ‘म अहिले सुनसरीको इनरुवामा प्रअ तालिममा छु । पत्र आइतबार देखि लागु हुनेगरी आएको छ । यति दिन बिदा भनेर लेखिएको छैन । बिरामी बिदा भनेर लेखिएको छ’,पराजुलीले मंगलबार खबरहबलाई भने, ‘अनिश्चितकालीन बिदा भनेर लेखिएको छ । हस्ताक्षर र भूमिका सबै अञ्जला म्यामको छ । तर उक्त पत्र मलाई ऋषिकेशले पठाउनुभएको हो ।’

    अञ्जलाविरुद्ध गत मंसिर २७ गते बिहीबार मुद्दा दर्ता भएको थियो । उमा-गौरी सहकारी सहकारी संस्थामा भएको ठगीबारेमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार छिन् ।

    उक्त सहकारीकी पूर्व सञ्चालक कोइराला फरार भएको जानकारी श्रीमान् पोख्रेलले सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बताएका थिए ।

    मेरो श्रीमती मलाई नै नसोधी फरार छिन् । मैले कहाँ गएर बयान दिनुपर्ने, तयार छु’,समितिमा अन्य सांसदले राजीनामा मागेपछि पोख्रेलले भनेका थिए, ‘म जुनसुकै परीक्षाका लागि तयार छ ।’

    तर श्रीमती फरार रहेको भन्दै पोख्रेलले आफैंले लुकाएर प्रअलाई पत्र लेख्दै समितिलाई ढाँटेको आरोप लागेको छ। सोमबारको बैठकमा एमाले सचिव एमव् सांसद योगेश भट्टराईले यदि सहकारी प्रकरणमा मुछिएको भए पोखरेलमाथि पनि अनुसन्धान हुनुपर्ने बताएका थिए ।

    उमा गौरी सहकारीको २२ करोडभन्दा बढी रकम अनियमितता गरिएको भन्दै मोरङ जिल्ला अदालतमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

    जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले फरार सबैविरुद्ध ३५ दिने अदालती पुर्जी जारी गरिसकेका छन् ।

    पुर्जी जारी भएकाहरूमा अञ्जना पनि परेकी छन् । संसदीय समितिमा श्रीमती फरार भएको बताएका पोखरेलले विद्यालय भने आफैंले पत्र पठाएका छन् । श्रीमतीको नामको बिदासम्बन्धी पत्र पोखरेल आफैंले पठाएपछि समिति सभापति पोखरेलको भूमिकामा पनि प्रश्न उठेको छ ।

    images
    images

    प्रकाशित :पौष ९, २०८१ मंगलवार - १६:३२:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij