• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

०८४ सम्म सरकार एकपटक बदलिन्छ : गगन थापा

०८४ सम्म सरकार एकपटक बदलिन्छ : गगन थापा

images

प्रभाव न्यूज

८ पौष २०८१
  • 6.1K
    SHARES
  • images
    ०८४ सम्म सरकार एकपटक बदलिन्छ : गगन थापा
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका निम्ति केही दिनभित्र संयन्त्र बनाइने बताएका छन् । आइतबार कांग्रेस काठमाडौं महानगरपालिका–३० को दोस्रो वडा सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    images

    उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनका निम्ति केही दिनभित्रै संयन्त्र बनाएर काम थाल्ने उल्लेख गरे । संयन्त्र बनाउँदा सुझबुझपूर्ण र सम्हालिएर संविधान संशोधन गरिने उनले बताए ।

    “...कांग्रेस र एमालेले अहिले आफ्नोबीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौँ,” उनले भने, “त्यसपछि अरू राजनीतिक दलहरूसँग संवाद गर्छौँ । किनभने, यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन ।”

    माओवादी, मधेसवादी राजनीतिक दलहरूसँगको समझदारीबाट संविधान संशोधन गरिने उनले बताए । “...संसद् समावेशी छ, अझै योभन्दा बढी समावेशी बनाउने हो,” उनले भने, “क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो ।”

    images

    उनले अगाडि भने, “एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनैपर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरू छन्, जुन कुरामा हामी संविधान संशोधन गर्ने कुरामा प्रवेश गर्दछौँ ।”

    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका निम्ति केही दिनभित्र संयन्त्र बनाइने बताएका छन् । आइतबार कांग्रेस काठमाडौं महानगरपालिका–३० को दोस्रो वडा सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनका निम्ति केही दिनभित्रै संयन्त्र बनाएर काम थाल्ने उल्लेख गरे । संयन्त्र बनाउँदा सुझबुझपूर्ण र सम्हालिएर संविधान संशोधन गरिने उनले बताए ।

    “...कांग्रेस र एमालेले अहिले आफ्नोबीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौँ,” उनले भने, “त्यसपछि अरू राजनीतिक दलहरूसँग संवाद गर्छौँ । किनभने, यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन ।”

    माओवादी, मधेसवादी राजनीतिक दलहरूसँगको समझदारीबाट संविधान संशोधन गरिने उनले बताए । “...संसद् समावेशी छ, अझै योभन्दा बढी समावेशी बनाउने हो,” उनले भने, “क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो ।”

    उनले अगाडि भने, “एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनैपर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरू छन्, जुन कुरामा हामी संविधान संशोधन गर्ने कुरामा प्रवेश गर्दछौँ ।”

    महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुनेमा जोड दिए । यो अवधिमा आफूले गरेका कामको फेहरिस्त बोकेर जनतासामु जान सक्ने हैसियत बनाउनुपर्ने उनले बताए ।

    “...नेपालमा त पछिल्ला तीनचारवटा चुनावमा हेर्‍यौँ भने प्रत्येक निर्वाचनमा जाँदै गर्दा त्यो निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति कोही पनि छैन,” उनले भने, “किनभने, हामी सबै गठबन्धनमा छौँ । मिसमास छ । सरकार यति धेरै परिवर्तन भएको छ, भत्किएको छ ।”

    उनले अगाडि भने, “...२०८४ सालसम्म सरकार जम्मा एकपटक बदलिन्छ । त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारीअनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । हामी सरकार चलाउँछौँ । २०८४ को चुनावमा नेपाली कांग्रेस पार्टी देशभरि १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लड्छ, चुनावको परिणाम जेसुकै आउँछ ।”

    महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सरकारले केही समयभित्रै परिवर्तनका संकेत देखिने गरी काम गर्ने उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल

    images
    images

    प्रकाशित :पौष ८, २०८१ सोमवार - ०९:५०:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij