• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्री राणाको आग्रह

images

प्रभाव न्यूज

५ पौष २०८१
  • 6.1K
    SHARES
  • images
    नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्री राणाको आग्रह
    images
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गरेकी छन् ।

    images

    शुक्रबारदेखि ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै उनले नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरूलाई आह्वान गरेकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन् ।'

    उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । उनले नेपाल र भारतबिचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन् ।

    images

    परराष्ट्रमन्त्री राणाले नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण रहेको भन्दै नेपाल र भारतबिच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन् । उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबिच धेरै ठुलो सम्बन्ध रही आएको बताइन् ।

    images

    उनले भनिन्, ‘नेपाल र भारतबिचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्त्वपूर्ण छ । नेपाल र भारतबिचको सम्बन्ध धेरै नै पुरानो हो । सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबिच धेरै ठुलो सम्बन्ध छ ।

    नेपाल र भारतबिच नागरिक नागरिकबिचको सम्बन्ध पनि धेरै नै महत्त्वपूर्ण छ ।’ Nabil bank परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबिच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताइन् ।

    images
    images

    प्रकाशित :पौष ५, २०८१ शुक्रवार - १९:१७:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij