• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अहिले सरकार फेरबदल हुँदैन : गगन थापा

अहिले सरकार फेरबदल हुँदैन : गगन थापा

images

प्रभाव न्यूज

५ पौष २०८१
  • 4.1K
    SHARES
  • images
    अहिले सरकार फेरबदल हुँदैन : गगन थापा
    images
    images
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् ।

    images

    शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’

    साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुुसार डेलिभरी भने हुन नसकेको थापाले बताए ।

    images

    ‘सरकार राम्रोसँग चलिरहेको छ । सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन,’ उनले भने ।

    images

    सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।

    ‘तर, सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने विषयमा प्रधानमन्त्री आफैं सचेत रहनुपर्छ । र उहाँ हुनुहुन्छ,’ थापाले भने, ‘जसरी सरकार कुद्नुपर्ने हो त्यसरी भइरहेको छ । सबैभन्दा पहिला त मलाई महसुश भएको छ ।’

    images
    images

    प्रकाशित :पौष ५, २०८१ शुक्रवार - १९:१४:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij