• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


स्वास्थ्यमन्त्री पौडेलका एकसय दिन पूरा –के कस्ता भए स्वास्थ्य क्षेत्रमा काम ? (भिडियो)

स्वास्थ्यमन्त्री पौडेलका एकसय दिन पूरा –के कस्ता भए स्वास्थ्य क्षेत्रमा काम ? (भिडियो)

images

प्रभाव न्यूज

८ कार्तिक २०८१
  • 7.5K
    SHARES
  • images
    स्वास्थ्यमन्त्री पौडेलका एकसय दिन पूरा –के कस्ता भए स्वास्थ्य क्षेत्रमा काम ? (भिडियो)
    images
    images
    images

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जिम्मेवारी सम्हालेको एकसय दिनमा स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रीत गरेको बताउनुभएको छ ।

    images

    बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य केन्द्रको सुधार, दरबन्दी मिलान, विशेषज्ञता हासिल गरेका चिकित्सकको परिचालन भएको बताउनुभयो ।

    स्वास्थ्य क्षेत्रका तत्कालीन तथा दीर्घकालीन महत्वका समस्या समाधानका कार्यहरु अघि बढाइएको भन्दै मन्त्री पौडेलले बिपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार पार्ने कामको सुरुवात भएको जिकिर गर्नुभयो ।

    उपचार सेवालाई थप सहज बनाउनका लागि अस्पतालहरूमा टोकन प्रणाली लागू गरि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरेको, देशका सवै प्रदेशका अस्पतालबाट निशुल्क जलन उपचारको व्यवस्था गरिएको उहाले बताउनुभयो । 

    images

    यसैअवधिमा महिला स्वास्थ्य स्यंमसेवीहरुलाई सार्वजनिक यातायात शुल्क नलाग्ने व्यवस्था गरिएको, ८ हजार ६ सय ७८ महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ गरिएको समेत उहाले जानकारी दिनुभयो ।

    images

    उहाले स्वास्थ्यबीमा कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको पनि बताउनुभयो । 

    images
    images

    प्रकाशित :कार्तिक ८, २०८१ बिहिवार - १८:२४:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij