• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रामकुमारीबारे माधव नेपाल– अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

रामकुमारीबारे माधव नेपाल– अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

images

प्रभाव न्यूज

४ आश्विन २०८१
  • 3.5K
    SHARES
  • images
    रामकुमारीबारे माधव नेपाल– अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन
    images
    images
    images

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन् ।

    images

    पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा गरेको ‘दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा’ कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाटै पार्टीप्रति निराशा पैदा गरेको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका हुन् ।

    महाधिवेशनमा पराजित भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए।
    समाजवादीको दशौँ महाधिवेशनका क्रममा उपाध्यक्ष पदमा नेतृ रामकुमारी झाँक्री पराजित भएकी थिइन् । नयाँ दल स्थापनाका लागि आफूले योगदान दिए पनि अध्यक्ष नेपालसहितका कारण उपाध्यक्षमा हार्नुपरेको गुनासो झाँक्रीले गर्दै आएकी छन् ।

    झाँक्री समाजवादीको उपाध्यक्ष पदमा अर्की नेतृ जयन्ती राईसँग फराकिलो मतले पराजित भएकी थिइन् । उनले महाधिवेशनअघिबाटै समाजवादी अध्यक्ष नेपालसहितको नेतृत्वसँग असन्तुष्टिसहित सार्वजनिक अभिव्यक्ति दिने गरेकी छन् ।

    images

    ‘महाधिवेशनमा दर्जनौँ चिट वितरण गरिएछ । चिटमा नाम भएका पनि हारेका छन् । नभएकाले पनि पनि जितेका छन् । चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेले मम भनौँ’, उनले भने, ‘त्यसलाई प्रोत्साहन गर्दैनौँ । पार्टीका केही नेताहरूको अभिव्यक्ति आएका छन् । ती अभिव्यक्तिले तरंग पैदा ग¥यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियुन् भनेर आत्मालोचना गर्नुभएको छ ।’

    images

    नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुँदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए।

    देशको हितमा आँट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्न सक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

    त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

    images
    images

    प्रकाशित :आश्विन ४, २०८१ शुक्रवार - १७:२८:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij