• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रवि लामिछानेको अर्को कर्तुत बाहिरियो– मासिक ६ लाख यसरी कमाउँथे

रवि लामिछानेको अर्को कर्तुत बाहिरियो– मासिक ६ लाख यसरी कमाउँथे

images

प्रभाव न्यूज

४ आश्विन २०८१
  • 4.7K
    SHARES
  • images
    रवि लामिछानेको अर्को कर्तुत बाहिरियो– मासिक ६ लाख यसरी कमाउँथे
    images
    images
    images

    काठमाडौं– गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ।

    images


    सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ।

    आर्थिक वर्ष २०७७÷७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए ।

    आर्थिक वर्ष २०७८-७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए।
    उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ।
    रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोखर्च मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ।
    मिडिाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)ले आर्थिक वर्ष २०७८÷७९मा ३० लाख रुपैयाँ तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

    images


    गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।

    images


    विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ करोड रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रबि लामछानेमाथि समेत कारवाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ।

    images
    images

    प्रकाशित :आश्विन ४, २०८१ शुक्रवार - १७:०४:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij