• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने

images

प्रभाव न्यूज

३ आश्विन २०८१
  • 3.5K
    SHARES
  • images
    संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने
    images
    images
    images

    काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् ।

    images

    संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका हुन् ।

    दुईतिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलेको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने धारणा राखे । पैसाको बलमा चुनाव जित्ने प्रवृत्तिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । 

    लामिछानेले राष्ट्रियसभालाई बिद्धानहरुको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । संविधानको सबल पक्ष समावेशी र समावेशिता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए ।

    images

    उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए  । लामिछानेले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

    images

    images
    images

    प्रकाशित :आश्विन ३, २०८१ बिहिवार - १७:५२:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij