• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्ने महिलालाई ४३ वर्षको जेल सजाय

थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्ने महिलालाई ४३ वर्षको जेल सजाय

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 15.9K
    SHARES
  • images
    थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्ने महिलालाई ४३ वर्षको जेल सजाय
    images
    images
    images

    बीबीसी । थाइल्यान्डमा एक महिलालाई राजपरिवारको आलोचना गरेको अभियोगमा ४३ वर्षको जेल सजाय सुनाइएको छ । जुन अहिलेसम्मकै सबैभन्दा कडा कारबाही भएको बताइएको छ । ‘अन्चन’ नामले चिनिने ती ६३ वर्षीया पूर्वसरकारी कर्मचारीले यसअघि सामाजिक सञ्जालमा एउटा ‘पोडकास्ट’बाट ‘अडियो क्लिप’ पोस्ट गरेकी थिइन् । उनका अनुसार उनले केबल ती अडियो फाइल मात्र सेयर गरेकी थिइन् र सो सामग्रीबारे कुनै प्रतिक्रिया जनाएकी थिइनन् । तर, थाइल्यान्डको ‘लेस–मेजेस्ते’ कानुनअन्तर्गत राजतन्त्रको कुनै पनि किसिमले अपमान गर्न निषेध गरिएको छ । जसलाई विश्वकै सबैभन्दा कडा नियम पनि भन्ने गरिन्छ । थाइल्यान्डले गत वर्ष मात्र महिनौँ जारी सरकारविरोधी आन्दोलनपश्चात् सो कानुनमा केही संशोधन गरेको थियो । प्रदर्शनकारीहरुले यसमा राजतन्त्रसम्बन्धी परिवर्तनको माग गरेका थिए । अन्चनले भने २९ वटा फरक–फरक कानुन उल्लंघन गरेकामा सजाय पाउने भनिएको छ । यससम्बन्धी ‘ट्रायल’ बन्द ढोकाभित्र सञ्चालन गरिएको थियो । जसमा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै दोषीविरुद्धका प्रमाणहरु गोप्य राखिने बताइएको छ । उनले सो अडियो क्लिप २०१४ र १५ का बीच फेसबुक र युट्युबमा सेयर अनि पोस्ट गरेकी थिइन् । सुरुवातमा उनलाई ८७ वर्षको जेल सजाय सुनाइएको थियो । पछि मात्र आधाले कटौती गरिएको हो । अन्चन यस कानुनअन्तर्गत दण्डित हुने १४ जनाको समूहमा पर्दछिन् । जुन कानुन २०१४ मा सेनाले शक्ति ग्रहण गरेपछि राजतन्त्रका आलोचकहरुलाई कारबाही गर्ने वचनसँगै लागु गरिएको थियो । उक्त समूहमाथि विभिन्न पोडकास्ट अपलोड गरी राजतन्त्रका आधिकारिक व्यक्तिहरुमाथि प्रश्न उठाएको आरोप रहेको छ । सो पोडकास्टका वाचक दुई वर्षको जेल सजाय भोगेर रिहा भइसकेका छन् । थाइल्यान्डमा अस्थिर राजनीतिको लामो इतिहास रहेको छ । तर, गत फेब्रुअरीमा एउटा नयाँ लहरको प्रदर्शन सुरु भएको हो । यसमा युवा आन्दोलनकारीहरुले सरकारसँग सम्बन्धित विभिन्न माग राखेका थिए र विस्तारै उनीहरुले राजतन्त्रको शक्तिमाथि पनि प्रश्न उठाउन सुरु गरेका हुन् । यसअघि, त्यहाँका राजाले ‘क्राउन’ सम्पत्तिलाई आफ्नो व्यक्तिगत सम्पत्ति घोषणा गरेपछि उनी थाइल्यान्डको सबैभन्दा धनी व्यक्ति बन्न पुगेका थिए । ‘क्राउन वेल्थ’लाई त्यसअगाडिसम्म जनताको हितका लागि भनेर राष्ट्रिय सम्पत्ति मानिँदै आएको थियो । त्यस्तै, राजाले बैंककमा आधारित सेनामाथि व्यक्तिगत आदेश जारी गराउने निर्णयप्रति पनि प्रश्न उठाइएको छ । सैन्य शक्ति राजपरिवारको नियन्त्रणमा हुनु आधुनिक थाइल्यान्डमा अभूतपूर्व कुरा मानिएको छ । लेसे–मेजेस्ते कानुनअन्तर्गत के कस्ता भनाइ या व्यवहारलाई राजतन्त्रको अपमानका रुपमा लिने भन्ने स्पष्ट छैन । जसकारण नै मानवअधिकारवादी समूहहरुले यो नियम राजनीतिक साधनका रुपमा स्वतन्त्र बोलीको अधिकार खोस्न अनि विरोधीहरुलाई शान्त पार्न दुरुपयोग भइरहेको आरोप लगाउँदै आएका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १५:१९:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij