• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बाक्सिला गोल्डकपको खेल तालिका सार्वजनिक

बाक्सिला गोल्डकपको खेल तालिका सार्वजनिक

images

प्रभाव न्यूज

२९ माघ २०८०
  • 9.3K
    SHARES
  • images
    बाक्सिला गोल्डकपको खेल तालिका सार्वजनिक
    images
    images
    images

    खोटाङ – खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको १२ औं संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक बाक्सिला फुटबल क्लवको आयोजनामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगामी फागुन २ गतेदेखि सञ्चालन हुने बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको हो। सार्वजनिक खेल तालिका अनुसार फागुन २ गते दिउँसो २ बजे नेर्पा स्पोर्टस क्लव र बाहुनीडाँडा फुटबल क्लवबीच पहिलो खेल हुने छ।

    images

    यस्तै, फागुन ३ गते दिउँसो १.३० बजे खारम्बु स्पोर्टस क्ल्व र कटारी फुटबल क्लव, उदयपुर, फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला फुटबल क्लवले जनाएको छ।

    केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लगायतको उपस्थितिमा क्लवले खेल तालिका सार्वजनिक गरेको हो। मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण पृथ्बी माबि बाक्सिलाको खेलमैदानमा सञ्चालन गरिने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले जानकारी दिए।

    बाक्सिला फुटबल क्लवले जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी गरेको छ। प्रतियोगितामा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको क्लवले जनाएको छ। प्रतियोगिता नोकआउट विधिबाट सञ्चालन गराइने छ।

    images

    प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई नगद ३० हजार र दोश्रो खेलमा पुगेर पराजय बेहोर्दै बाहिरिने टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिने क्लवका सचिव पवन श्रेष्ठले बताए। जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चार जना खेलाडी भित्र्याउन पाउने छन्। चन्दाकै भरमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगिताको तयारी गरेको हो।

    images

    २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ।

    images
    images

    प्रकाशित :माघ २९, २०८० सोमवार - ०९:५५:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij