पिपलुलाई पर्खी–पर्खी बर बुढो भो,
प्रदेशीलाई पर्खी–पर्खी घर बुढो भो ।
गर्मीमा सितल जाडोमा हुन्थ्यो न्यानो,
सबको छानो टिनको हुँदा खर बुढो भो ।
खोला–खोल्सी सबै पानी हरायो,
बर्खे झरी पर्खी–पर्खी नहर बुढो भो ।
आउँछु मात्रै भन्यौ तर फर्की आएनौं,
तिमिसँगै जिउने मेरो रहर बुढो भो ।
किर्ति चाम्लिङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, खोटाङ