• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बजारमा आयो टंक भट्टराईको ‘ठाँटीको घाम’

बजारमा आयो टंक भट्टराईको ‘ठाँटीको घाम’

images

प्रभाव न्यूज

२९ पौष २०८०
  • 23.8K
    SHARES
  • images
    बजारमा आयो टंक भट्टराईको ‘ठाँटीको घाम’
    images
    images
    images

    खोटाङमा पछिल्लो समय साहित्यीक गतिविधि प्रायः शुन्य छ। जिल्लामा साहित्यीक जमघट तथा सुन्ने सुनाउने जस्ता कार्यक्रम नभएको वर्षौं भइसकेको छ।

    images

    शनिबार भने जिल्लाका केही साहित्यकारबीचमा जमघट भएको छ। त्यो जमघटको अवशर साहित्यकार टंक भट्टराईले जुराएका हुन्।

    भट्टराईले लेखेको तेश्रो कृति ‘ठाँटीको घाम’को चिनारीका लागि शनिबार दिक्तेलमा जिल्लाका श्रेष्टाहरुको उपस्थितिमा अन्तरक्रीया कार्यक्रम आयोजना गरिएको थियो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले ठेगाना भएका लेखक भट्टराई हाल ताप्लेजुङका सहायक सिडियोको रुपमा कार्यरत छन्। ‘ठाँटीको घाम’ ताप्लेजुङमै गत असोज २८ गते बिमोचन गरिएको थियो।

    images

    भट्टराई आफ्नो जन्मथलो आएको मौका पारेर सो उपन्यासलाई चिनारी गराउन अन्तरक्रीया कार्यक्रम आयोजना गरिएको हो। २४५ पेजको उपन्यासमा ५३ वटा खण्डमा फरक–फरक स्वादका विषयवस्तु समेटिएका छन्।

    images

    लेखक भट्टराईले पुस्तकभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठी चपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेसलाई यथार्थ रुपमा चित्रण गरेका छन्।

    सोलुसन ग्राफिक डिजाइन, बागबजारमा मुद्रित पुस्तकको प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौंले गरेको हो। उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई उनेको पाइएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले समिक्षा गरेका थिए। राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यपक डा. धनप्रसाद सुवेदीलाई प्रमुख अतिथि बनाइएको थियो ।

    ‘ठाँटीको घाम’को विषयमा प्राध्यपक डा. सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, श्रष्टा टंक थापा, राजनीतिकर्मी प्रकाश श्रेष्ठ, शिक्षक धनीराम राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतले धारणा राखेका थिए।

    साहित्यकार भट्टराईका यसअघि कविता संग्रह ‘साँझमा पहिलो तारा–२०६७’ र कथा संग्रह ‘म पनि बग्दैछु साप्सु–२०७३’ प्रकाशित छन्। उपन्यास ‘ठाँटीको घाम’को विषयमा आयोजना गरिएको अन्तरक्रीया कार्यक्रममा उपस्थित श्रष्टाहरुले आ–आफ्नो सृर्जना बाचन गर्दै सुनाएका थिए।

    श्रष्टाहरुले जिल्लामा साहित्यीक गतिविधि हुन छाडेकोमा चिन्ता व्यक्त गरेका थिए।

    images
    images

    प्रकाशित :पौष २९, २०८० आइतवार - २१:४५:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij