कुमारबाबु बस्नेत
माननीय मन्त्री सुदन किराती ज्यु, नमस्कार !
तपाईंले सम्हाल्नु भएको मन्त्रालयको बारेमा धेरै कन्फ्युजन देखिई व्यापक जनगुनासो आएको हुँदा जानकारीसँगै जनताको अति आवश्यक कुरा समेत भएकोले आम चासोको विषयमा समाधानको अपेक्षा राखेको छु ।
मन्त्री ज्यु ! तपाई सामाजिक सञ्जालमा जति लोकप्रिय देखिए झैँ भए पनि जनसरोकारका काममा तपाईंको नियतमा खोटैखोट देखिनु तपाईंको दोष कि मातहतका कर्मचारीको?
यहाँ मैले उठान गर्न खोजेको विषय काठमाडौं एयरपोर्टको ‘रेस्क्यू फ्लाइट’को हो। निर्देशन वा सिकायत जसको भए पनि जस–अपजस सबै तपाईंको नै हो। ‘रेस्क्यू फ्लाइट’ जस्तो अति संवेदनसिल कुरामा तपाईंको अनावश्यक स्टन्टवाजले स्वयंलाई पक्कै गिज्याईरहेको हुनुपर्छ यदि तपाईंमा लाज र जिम्मेवारी भन्ने चिज हुँदो हो त! ‘रेस्क्यू फ्लाइट’मा तपाईं र तपाईंको मन्त्रालय जिम्मेवार नबन्दा आम सर्वसाधारण भनेजति पैसा तिर्न तयार भए पनि झन्झटिलो प्रक्रियाको कारण उपचार बिहिनदेखि लाखौं खर्च गरेर पनि समयमा अस्पताल पुग्न नसक्दा मर्न बिवस छन्।
यसको जिम्मेवार को हुने मन्त्री ज्यु? के त्यी निर्दोष जनताको आँसु लाग्दैन होला त? के त्यी भड्किएका आत्माले सराप्दैन होला त! अनि मर्नेका आफन्तले हेलिकप्टर कम्पनीलाई कि तपाईंलाई मुद्दा हाल्ने? साँच्चिकै हाले भने जेल जान को तयार हो माननीय ज्यु? तपाईंले लगाएको अव्यवहारिक नियम पार गरेर ‘रेस्क्यू फ्लाइट’को प्रक्रिया पुरा गर्न मात्रै कम्तीमा २ घन्टा लाग्छ।
के ‘मिनिङ अफ रेस्क्यू’ यहीँ हो? देशमा के त्यस्तो आपतकालिन अवस्था आईलागेको छ र दूरदराजबाट बिरामी ल्याउँदा क्यान लगायतमा पहिला नै स्वीकृत लिनुपर्ने! के आत्मघाती हमलाको जोखिम देख्नु भो कि नियम टाईट बनाउँदा सबैले मलाई सम्पर्क गर्छन् अनि म सुपरहिरो बन्नेछु भन्ने लागेकोले हो मन्त्री ज्यु?
अतः झन्झटिलो प्रक्रिया लगायतको कारण घटेका केही प्रतिनिधि घटनाहरु यहाँ प्रस्तुत गरेको छु। २६ अगस्ट २०२३ को दिन चुतिया नियमको कारण लाखौं पैसा तिर्न तयार भै हेलिकप्टरको पर्खाईमा रहेका नेपालगन्जका एक जना बिरामीले झन्झटिलो प्रक्रियाकै कारण सिम्रिक हेलिबाट मेडिसटी अस्पताल काठमाडौं त आइपुगे तर डाक्टरको घोषणा आयो ‘हि इज नो मोर, डयु टु डिले द रेक्यू फ्लाइट’।
अनि त पैसा पनि छैन ज्यान नि छैन! तिनै बिरामीले भन्दै थिए, यो कारण हेलि आउन ढिला भयो भन्ने सुनेछन् क्यारे, मन्त्री ज्यु!
म बाँचेर तपाईंले भनेको मान्छु तर मलाई बचाई दिनुस्। त्यस्तै अर्को घटना गोसाईकुण्ड घुम्न गएका २० बर्षका युवा आयुस ताम्राकारलाई अचानक लेक लाग्यो। ‘रेस्क्यू फ्लाइट’ प्रभु हेलिबाट गर्ने गरि क्यानसँग अनुमति मागेकोमा क्यानले अत्यन्तै ढिलो अनुमति दियो। तैपनि रेस्क्यु गरेर गंगालाल अस्पताल के पुर्याएको थियो, डाक्टरले मृत घोषण गरिदियो।
अर्को घटना भदौ १० गतेको हो। सुरुवातमा राजनीतिक अपनत्व लिने होडबाजी चल्यो। पछी तपाईंकै निजि÷स्वकीय सचिवमार्फत हेलि कुरा गर्दा समेत अनुमति आउन ढिला हुने भन्दै मौसमको कारण देखाएर सो हेलिकप्टर खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ मा अधिक रक्तश्राव भएकी ३५ दिनकी सुत्केरी लिन नगएर ट्रेनिङ फ्लाइटमा गयो । त्यी महिलालाई अत्यन्तै कष्टपुर्ण तरिकाले बिराटनगरतर्फ एम्बुलेन्समा लगियो । अहिले अवस्था गम्भीर छ भन्ने खबर छ।
यी त केहि दिनका प्रतिनिधि घटना मात्रै हुन् मन्त्री ज्यु! यस्ता घटनाहरु त काठमाडौं नै नआई ‘रेस्क्यू फ्लाइट’ कुरेर मर्ने धेरै नेपाली छन् भने कति अत्यधिक मात्रामा वृद्धि भएको भाडादर र त्यसमाथि तपाईले उपहार स्वरूप ‘रेस्क्यू फ्लाइट’मा जबर्जस्ती थपिदिएको १३ प्रतिशत भ्याटले हेलिकप्टरको भाडा सुन्दै मर्न तयार भएका छन्। के यहीँ उद्धेश्यकै लागि थियो त तपाईं मन्त्री हुनु भएको?
के यो स्टन्टवाज अब उदांगो भएन र ? तपाई आफ्नो जिल्लामा चैं नेपाल एयरलाइन्सलाई दुई जना प्यासेन्जर भए पनि भोजपुर फ्लाइट गर्न बाध्य पार्ने, कुनै नियम मान्न नपर्ने अनि अरुलाई चै नियम? मन्त्रीज्यु!
पुःन सबिनय आग्रह! मर्ने त मरिसके, तपाईंहरु जनयुद्ध लडेर आएका नेताहरुलाई दुई चार जना जनता मर्नु सामान्य कुरा हो तर अब थपचैं महंगो हेलि भाडा र झन्झटिलो प्रक्रियाको कारण कोही मर्न नपरोस्। सुझावहरु यसका लागि ‘रेस्क्यू फ्लाइट’को झन्झटिलो सबै प्रक्रियाहरु हटाई त्यो तपाईंले उपहारमा दिएको १३ प्रतिशत भ्याट सबै निःशुल्क गरि त्यस्तो शुल्क ब्यापारी र तपाईहरु जस्ता भिभिआईपी फ्लाइट मात्रै लागु गर्दै हेलिकोप्टरको तेल खर्च सहित बिना ट्याक्सको कर्मचारी बापतको ७५ प्रतिशत (सम्भव हुन्छ भने) मात्रै सेवा सुबिधा पाउने गरी ‘रेस्क्यू फ्लाइट’मा जाने हेलिको स्थानको तेल र कर्मचारी खर्च बाहेक सबै अन्य खर्च मिनाहा हुने गरि ‘रेस्क्यू फ्लाइट’का ‘फिक्स’ मुल्य निर्धारण गरिदिनु होला।
यसको बेफाइदामा हेली कम्पनीहरु जान नमानी डलरवाला मात्रै फ्लाईटमा जान सक्ने भएको हुँदा त्यसलाई नियगमन गर्न जुनसुकै हेलि कम्पनी होस् सबैको ‘रेस्क्यू फ्लाइट’ डेस्क सबैले हेर्न मिल्ने गरी रेकर्ड देखाई अन्य सेवा सुबिधा दिने र साझा डेस्कबाट कुन कम्पनीले कति रेस्क्यु गर्यो स्वःत थोरै रेस्क्यू गरेको अर्को कम्पनीले फ्लाइट अनिवार्य गर्नुपर्ने ब्यवस्था गरियोस्। अन्त्यमा, यो वेथिति नै तपाईंको व्यक्तिगत भबिष्य निर्माणको बाटो हो कि, तपाईंले चाहेर पनि गर्न नसक्ने हो भन्ने कुरा आम नेपाली जनताले बुझ्ने भाषामा यसको जवाफ सञ्जालमै भए पनि आओस् भन्ने अपेक्षा सहित नमस्कार!