• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित

अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित

images

प्रभाव न्यूज

१७ माघ २०८०
  • 8.3K
    SHARES
  • images
    अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित
    images
    images
    images

    काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १०३ रनको फराकिलो जित निकालेको छ ।

    images

    मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो ।

    मौसमका कारण ३८ ओभरमा छोट्टाइएको खेलमा पुलिसका आरिफ सेखले ७६ रन बनाए । ओपनर कुसल भुर्तेलले ४८ रन बनाउँदा करन केसीले आक्रामक अर्धशतक पूरा गरे । उनले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए ।

    लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा बिर मगरले ३ र कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए ।

    images

    २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमा अलआउट भयो । लुम्बिनीका दिलसाद अलिले ३६ र नर सार्कीले ३१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    images

    पुलिसका कुशल भुर्तेलले ३ र करन केसीले २ विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान र रोशन भुदालले समान १-१ विकेट लिए ।

    यसअघि नै प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको पुलिसको यो प्रतियोगितामा लगातार आठौँ जित हो ।

    images
    images

    प्रकाशित :माघ १७, २०८० बुधवार - १७:३५:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij