काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)का सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका छन् ।
बझाङमा आयोजित ओली समूहको जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रममा सम्बोधनका क्रममा बालुवाटास्थित ललिता निवास प्रकरणको प्रसंग कोट्याउँदै उनले यस्तो बताएका हुन् ।
‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जाने वाला छन्’, उनले भने, ‘त्यही काम गरेका दीप बस्न्यान जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ?’ तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक पटक छलफल गरिएको कुरा लिखित रुपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो ।
-कान्तिपुर दैनिक