• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


महिला क्रिकेटमा एपीएफको छैटौं जित

महिला क्रिकेटमा एपीएफको छैटौं जित

images

प्रभाव न्यूज

१२ पौष २०८०
  • 7.0K
    SHARES
  • images
    महिला क्रिकेटमा एपीएफको छैटौं जित
    images
    images
    images

    २ पुस, काठमाडौं । प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार छैटौं खेल जितेको छ ।

    images

    त्यसक्रमम उसले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको छ । ६ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर खेल्ने छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि ममता चौधरीले सर्वाधिक ४० रनमा अविजित रहिन् । उनले ३३ बलमा ६ चौका प्रहार गरिन् ।

    रोमा थापा ३१ रनमा अविजित रहिन् । सीता राना मगर १९ र इन्दु बर्मा १० रनमा आउट भए ।गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् ।

    images

    कुसुम गोदारले १ विकेट लिइन् । जितका लागि १२८ को लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमात्र बनाउन सक्यो । गण्डकीको लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७÷१७ रन बनाए । ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए । एपीएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् ।

    images

    सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने संभावना सकिएको छ । एपीएफसँगै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्लेअफमा स्थान पक्का गरेका छन् ।

    images
    images

    प्रकाशित :पौष १२, २०८० बिहिवार - १८:०६:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij