• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


एमालेको सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन : ओली

एमालेको सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन : ओली

images

प्रभाव न्यूज

२४ मंसिर २०८०
  • 3.9K
    SHARES
  • images
    एमालेको सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन : ओली
    images
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

    images

    अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे ।

    "मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा (एमाले)को सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन," ओलीको भनाइ थियो । उनले अगाडि थपे, "म तपाईंहरूलाई भन्न चाहन्छु– तपाईंहरू निराश हुनुपर्दैन, अहिलेको अवस्था हेरेर ।

    यस्ता सरकारहरू आउँछन्, जान्छन् । गठबन्धनहरू बन्छन्, भत्किन्छन् । कुनै ठूलो कुरा होइन । तर, हामी हाम्रो देश बिग्रन दिँदैनौँ ।"

    images

    images
    images

    प्रकाशित :मंसिर २४, २०८० आइतवार - २१:३०:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij