• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो

पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो

images

प्रभाव न्यूज

२७ भाद्र २०८०
  • 9.9K
    SHARES
  • images
    पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो
    images
    images
    images

    २७ भदौ, काठमाडौं । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै पाँच खेलको जितविहीन यात्रालाई टुङ्ग्याएको छ ।

    images

    लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो ।

    केयर टेकर प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्ककमा जर्मनीलाई जित दिलाउन थोमर मुलर र लरेय सानेले गोल गरे ।

    फ्रान्सका लागि एन्टोइन ग्रीजमनले एक गोल फर्काए । चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

    images

    सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गरे ।

    images

    तर हार टार्न पर्याप्त भएन ।गत मार्चमा पेरुलाई मैत्रीपूर्ण खेलमा हराएपछि जर्मनीको यो पहिलो जित हो । यसबीचमा जर्मनी बेल्जियम, पोल्याण्ड, कोलम्बिया र जापानसँग पराजित भएको थियो भने युक्रेनसँग बराबरी खेलेको थियो ।

    images
    images

    प्रकाशित :भाद्र २७, २०८० बुधवार - ०७:४६:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij