• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने

नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने

images

प्रभाव न्यूज

२५ भाद्र २०८०
  • 6.1K
    SHARES
  • images
    नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने
    images
    images
    images

    काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्दैछ ।

    images

    विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा याङ्गुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

    सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

    गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

    images

    फिफा वरीयतामा नेपाल १ सय ७५औँ स्थानमा रहेको छ भने म्यानमार १ सय ६०औँ स्थानमा छ ।

    images

    यसपछि नेपालले लाओससँग खेल्नेछ भने म्यानमारले मकाउविरुद्ध खेल्ने छ ।

    छनोटको प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

    images
    images

    प्रकाशित :भाद्र २५, २०८० सोमवार - ०८:२३:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij