काडमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तनाव अति भएको बताउनु भएको छ। ओलीले यो देशमा तनाव चाहिने भन्दा बढि भएको बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा यस्तो बताउनुभएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप उहाँले लगाउनुभएको छ।
उहाँले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताउनुभयो। ‘तनाव अति भयो देशमा।
तनाव चाहिने भन्दा बढि भयो। हामी एउटा द्धन्द्धको स्थितिबाट आयौं। अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्धन्द्ध गर्ने भएपनि देशलाई द्धन्द्ध र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भन्नुभयोे, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो।’
‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ।
तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन।’