• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपाल र म्यानमारबीचको खेल बराबरीमा

नेपाल र म्यानमारबीचको खेल बराबरीमा

images

प्रभाव न्यूज

२२ भाद्र २०८०
  • 15.3K
    SHARES
  • images
    नेपाल र म्यानमारबीचको खेल बराबरीमा
    images
    images
    images

    काठमाडौं– नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ।

    images

    याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन।

    खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी रहे पनि गोल गर्न सकेन। यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन्।

    आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए।जावलाखेलका हिसुबुले सबस्टिटच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले अञ्जन विष्टलाई सबस्टिटच्युट गरेका थिए।

    images

    लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसियाकप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो।

    images

    अब दोस्रो खेल सोमबार हुनेछ।

    images
    images

    प्रकाशित :भाद्र २२, २०८० शुक्रवार - १९:०१:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij