• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

images

प्रभाव न्यूज

१७ भाद्र २०८०
  • 5.7K
    SHARES
  • images
    कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज
    images
    images
    images

    काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ ।

    images

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो ।

    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

    कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो ।

    images

    सोही कारण हेर्न नमिल्ने भएको थियो । यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ ।

    images

    नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो ।

    कोसी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

    images
    images

    प्रकाशित :भाद्र १७, २०८० आइतवार - ०६:३५:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij