प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक आयोजक कमिटी सदस्यले जानकारी दिएका छन् । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको ती सदस्यको भनाइ छ । दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।