• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एमाले एकताको प्रयास भइरहेका बेला ओलीले फेरी मच्चाए यस्तो रडाको

एमाले एकताको प्रयास भइरहेका बेला ओलीले फेरी मच्चाए यस्तो रडाको

images

प्रभाव न्यूज

९ बैशाख २०७८
  • 22.4K
    SHARES
  • images
    एमाले एकताको प्रयास भइरहेका बेला ओलीले फेरी मच्चाए यस्तो रडाको
    images
    images
    images

    कठमाडौं - सत्तारुढ नेकपा–एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच तीव्र शक्ति संघर्ष चर्किरहेका बेला बुधबार दुई शीर्ष नेताबीच नै भेटवार्ता भएको थियो।

    images

    सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले ब्युँताएपछि पार्टी भित्रको ओली पक्ष र नेपाल नेतृत्वको समूहबीच तीक्तता झन् बढेपछि आपसमा छलफल तथा भेटघाट समेत बन्द थियो।

    ओलीले नेपाल पक्षसँग समूहको रुपमा नभई व्यक्तिगत तहमा मात्र कुराकानी गर्ने भनी नेपाल पक्षका नेताहरुसँग एक्लाएक्लै मात्र भेट हुनुले नेकपा एमालेका नेता तथा कार्यकर्ता खुसीले हौसिएका थिए। त्यो खुसि भने १२ घण्टा पनि टिक्न नसक्ने गरि अध्यक्ष ओलीको प्रतिक्रिया आएको छ।

    दुई नेताको भेटले पार्टी भित्र देखिएको अन्तरसंघर्ष अन्त्य हुने आशा गरेका थिए। बुधबार भएको दुई घण्टा ‘वान टु वान’ कुराकानी पछि केहि सुधार आएको अपेक्षा गरिए पनि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै शैली र गतिबिधिका अभिव्यक्ति दिन छोडेका छैनन।

    images

    पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए। उक्त कुराकानी भएको भोलिपल्ट बिहीबार बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रष्ट पारेका हुन्।

    images

    हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’ कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन्।

    उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्। ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन।

    दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’ उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने।

    आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाएका थिए । ‘हामीविरूद्ध हमला यस्तो भयो कि साधारण सदस्य पनि नरहने गरी हटाइयो । केपी ओलीलाई सिध्याइयो।

    धुलोमा मिलाएँसमेत भनेका थिए,’ उनले भने, ‘ममाथि किन यस्तो आक्रमण थियो भने टाउकोमा हान्यो भने शरीर ढल्ने भयो। टाउकोमा हान्ने नीति उनीहरूको रह्यो । उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका छन् ।

    ओलीका यस्ता अभिव्यक्ति सुन्दा एमालेको मिलन ओलीले नै नचाहेको देखिन्छ र ओलीले नै कार्यकर्तालाई निराश बनेका छन्।

    images
    images

    प्रकाशित :बैशाख ९, २०७८ बिहिवार - १९:२४:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij