• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

images

प्रभाव न्यूज

९ जेठ २०८०
  • 7.9K
    SHARES
  • images
    विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
    images
    images
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

    images

    आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो । सा

    र्वजनिक तालिकाअनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले २० जुनमा अमेरिकासँग, २२ जुनमा वेस्ट इन्डिजसँग र २४ जुनमा नेदरल्यान्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

    प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    images

    जसअनुसार नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् भने समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

    images

    images
    images

    प्रकाशित :जेठ ९, २०८० मंगलवार - २०:०८:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij