काठमाडौं - सत्ताका लागि नेकपा एमाले पार्टीमात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइसकेको छ।
उनले सत्ताकै लागि फेरि अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई कार्डका रुपमा फालेका छन्। अमेरिकाले सामरिक स्वार्थका लागि सैन्य रणनीतिका साथ अगाडि सारेको एमसीसीप्रति ओलीको चासो सत्ता जोगाउने चालका रुपमा लिइएको छ। यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।
नेपाली काँग्रेसलाई एमसीसीको एजेन्डामा नजिक्याएर आफूविरुद्ध बन्दै गरेको सत्ता समीकरणबाट शेरबहादुर देउवालाई पछि हट्ने अवस्था सिर्जना गर्न ओलीले एमसीसी कार्ड फालेको राजनीतिक विश्लेषण गरिएको छ ।