• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन मतदातासँग थापाको आग्रह

चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन मतदातासँग थापाको आग्रह

images

प्रभाव न्यूज

४ बैशाख २०८०
  • 5.3K
    SHARES
  • images
    चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन मतदातासँग थापाको आग्रह
    images
    images
    images

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले लोकरिझ्याइँको राजनीति गरेको बताएका छन्।

    images

    चितवन–२ को चुनावी सभामा बोल्ने क्रममा राश्वपाको नाम नलिइकन थापाले लोकरिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरे। लोकरिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताए । ‘लोकरिझाइँको राजनीतिले २÷४ दिन रमाइलो हुन्छ।

    रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ। के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो,’ थापाले भने,‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’ चितवन–२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन उनले मतदातासँग आग्रह गरे।

    अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन–२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले भने,‘उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन।’ महामन्त्री थापाले सरकार सञ्चालनको वर्तमान पद्धतिप्रति समेत असन्तुष्टि जनाए।

    images

    आगामी पाँच वर्ष हेर्दाहेदै खेर जाने चिन्ता लागेको उनलेब बताए। संसदमा प्रधानमन्त्रीलाई सर्वाधिक प्रश्न गर्ने सांसदका रुपमा आफू उभिने उनले प्रतिवद्धता गरे।

    images

    ‘अब पाँच वर्ष संसदमा सबैभन्दा प्रश्न गर्ने सांसदका रुपमा मलाई पाउनुहुनेछ,’ थापाले भने,‘पाँच वर्षमा राम्रो गरेनौ भने भुइँमा पछार्छौं भन्ने सन्देश दिएर जिताएर पठाउनुस्।’

    पार्टी सभापति शेरबहादुर देउवा र आफूसँग चित्त नबुझेको भए त्यसको शिकार उम्मेदवार जित नारायण श्रेष्ठलाई नबनाउन उनले आग्रह गरे। ‘म हरिमा विश्वास गर्ने मान्छे हुँ। भोट हाल्दा हरिले हेर्छन्। लाएको कुरा तपाईले भन्न पाउनुपर्छ तर धर्म राख्नुपर्दछ,’ थापाले भने।

    images
    images

    प्रकाशित :बैशाख ४, २०८० सोमवार - २०:३९:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij