• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


काण्ड घटाउन अन्य दल टन्नै छन्, आफूले इमान्दार भएर राजनीति गर्छु : रवि लामिछाने

काण्ड घटाउन अन्य दल टन्नै छन्, आफूले इमान्दार भएर राजनीति गर्छु : रवि लामिछाने

images

प्रभाव न्यूज

२ बैशाख २०८०
  • 6.0K
    SHARES
  • images
    काण्ड घटाउन अन्य दल टन्नै छन्, आफूले इमान्दार भएर राजनीति गर्छु : रवि लामिछाने
    images
    images
    images

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले इमानदार भएर राजनीति गर्ने बताएका छन्।

    images

    पार्टीका नेता–कार्यकर्ताबाट गलत कार्य हुन नदिनेको उनको प्रतिज्ञा छ। शनिबार साँझ चितवनमा आयोजित कार्यक्रममा उनले गलत कार्य गर्ने पार्टीका जो कोहीलाई कारबाही गर्दै अघि बढ्ने बताए। रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलगत्तै उनलाई कारबाही गरिएको लामिछानेले उल्लेख गरे।

    “हाम्रा एक सांसदको विवाद आउनेबित्तिकै हामीले नेपालको राजनीतिको इतिहासमा पहिलोपटक ७२ घण्टाभित्र कारबाही गरेर देखाएका छौँ, ७२ घण्टाभित्र। नेपालको राजनीतिको इतिहासमा यस्तो कहीँ पनि भएको छैन,” उनले भने, “हुनलाई त त्यो एउटा अडियो सार्वजनिक भएको हो। त्यसका प्रमाणहरू आइसकेका छैनन्। तर, राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएपछि त्यस्ता डिल गर्न पनि पाइँदैन । सपनामा सोच्न पनि पाइँदैन।”

    आसन्न उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट पुनः प्रतिस्पर्धामा छन्। चुनावी प्रचारप्रसारका क्रममा आयोजित सभामा उनले रास्वपामा आबद्ध भएपछि कुनै ‘काण्ड’ घटाउन नपाइने पनि बताए। भ्रष्टाचारबारे कुनै किसिमको छुट आफूहरूलाई नभएको उनको भनाइ छ। “काण्ड घटाउनका लागि अन्य दलहरू टन्नै छन् । हाम्रा लागि यो ठाउँ होइन।

    images

    हामीले सोच्न पाउँदैनौँ,” उनले भने, “हामीले न सल्लाह गर्न पाउँछौँ न कानेखुसी गर्न पाउँछौँ। न भ्रष्टाचारबारे सपना देख्न पाउँछौँ। हामीलाई त्यो छुट छैन।

    images

    त्यसक्रममा उनले आफ्नो पक्षमा मत मागेका थिए। चितवन–२, तनहुँ–१ र बारा–२ मा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

    images
    images

    प्रकाशित :बैशाख २, २०८० शनिवार - २१:०९:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij